• असार १८ २०८१, सोमबार

उत्तर कोरिया मिसाइल युगमा प्रवेश

पुष २१ २०७८, बुधबार

काठमाडौं । विश्वभरबाट नाकाबन्दी खेपिरहेको उत्तर कोरिया मिसाइल युगमा प्रवेश गरेको छ । पछिल्लो समयमा प्रोजेक्टाइल नामक मिसाइलको सफलतापूर्वक निर्माण र प्रक्षेपण गरेपछि उत्तर कोरिया मिसाइल युगमा प्रवेश गरेको हो ।

यसका बारेमा उत्तर कोरियाले आधिकारिक रुपमा केही नबोले पनि उसको छिमेकी देश दक्षिण कोरियाले उत्तरको मिसाइल प्रयोगका बारेमा मुख खोलेको छ । दक्षिण कोरियाका सेना प्रमुखका अनुसार उत्तर कोरियाद्वारा उक्त मिसाइल समुद्रमा प्रयोग गरिएको हो । दक्षिणका अनुसार यो प्रोजेक्टाइल मिसाइल रहेको खुलासा हुन गएको छ ।

दक्षिण कोरियाले यस्तो दाबी गरिरहँदा जापानका तट रक्षकहरुले उत्तर कोरियाले पहिलो पटक प्रोजेक्टाइल मिसाइल प्रक्षेपण गरेको खुलासा गरिसकेका छन् । तट रक्षक भन्छन्– ‘उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्छ ।’

तर यसका बारेमा उत्तरकोरियाले मुख खोलेको छैन । विध्वंशक हतियारका रुपमा गणना गरिने ब्यालेस्टिक र परमाणु हतियार परीक्षणमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको छ ।

सैन्यविदका अनुसार यदि उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल नै हो भने यो उसका लागि पहिलो सफल मिसाइल परीक्षण हुनेछ । यो परीक्षणसँगै अमेरिकी, युरोपीय तथा जापानी र दक्षिण कोरियाली गुप्तचर अधिकारीले यो परीक्षणलाई गम्भीर खोजीको विषय बनाएर अध्ययन गरिरहेका छन् ।

यो मिसाइल परीक्षण पूर्वको घडीमा उत्तर कोरियाली नेता किम जोङ उनले देशको रक्षा क्षमता थप सुदृढ र कडा पारिने कुरा सार्वजनिक गरेका थिए ।

(एजेन्सीको सहयोगमा)