दैलेख । भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई-१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ
प्रहरीका अनुसार आठ जना घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।