काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।