सिरहामा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हीराबहादुर पाण्डेलाई पदबाट निलम्बन गरिएको छ। सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए।
यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएका थिए। लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो।