काठमाडौं । नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति नेकपा एमाले नेता योगेश भट्टराईले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
त्यहा निर्माण सम्बन्धमा गरिएको निर्णयहरुमा आफ्नो कुनै पनि निर्णयमा संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् ।
बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध नेता भट्टराईले गरेका छन् । उनले आफ्नो स्पष्टीकरण दिदै त्यहाँ पहिल्यै कफि शप बनेको समेत जानकारी दिए ।