काठमाडौं । प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रतिष्ठानमा कार्यरत प्र.ना.नि. हरि सलामी, प्र.ना.नि. सन्तोष भण्डारी र प्र.ना.नि. नरु शाही तथा जनपद समूहतर्फका प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका यस प्रतिष्ठानमा कार्यरत प्रहरी सहायक निरीक्षकहरु (प्र.स.नि. प्रेम बहादुर थापा, प्र.स.नि. सुरेश बहादुर जि.सी., प्र.स.नि. तिर्थ बहादुर थापा, प्र.स.नि. झक बहादुर थापा, प्र.स.नि. रुपेश बिष्ट र प्र.स.नि. दिनेश श्रेष्ठ) लाई आज एक कार्यक्रमका बीच यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले दर्ज्यनी चिन्हद्वारा सु-शोभन गरेका हुन् ।