• बैशाख १४ २०८२, आईतवार

आइतबार राष्ट्रियसभाको बैठक बस्दै

पुष २० २०७८, मंगलवार

काठमाडौं ।  राष्ट्रियसभाको बैठक यही पुष  २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।