• बैशाख १४ २०८२, आईतवार

माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज, शुक्रबार नेपाल आउने

पुष २० २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

९८ दिन लामो उपचारपछि मंगलबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट नेता पुन डिस्चार्ज भएका हुन् । उनी आगामी शुक्रबार नेपाल आउने तय भएको छ।

जण्डिसबाट पीडित पुनलाई सुरुमा उपचारका लागि थाइल्याण्ड लगिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नआएपछि पुनलाई एयर एम्बुलेन्समार्फत चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।