• बैशाख १४ २०८२, आईतवार

कालापानी, लिपुलेकलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

पुष २० २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रले कालापानी लिपुलेकलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।

‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’