• बैशाख १४ २०८२, आईतवार

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

पुष २० २०७८, मंगलवार

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहर भएको छ। युपीको सुल्तानपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि सोमबार अज्ञात समूहले गोली प्रहार गरेको हो ।

खुट्टामा गोली लागेर घाइते भएकी उनलाई जिल्ला अस्पताल सुल्तानपुरमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेसवेको उद्घाटन गर्दै कुरेभार जिल्लाको अरवलकिरीमा सभा गरिरहँदा रीता यादवले उनलाई कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छोडेको थियो।

घटनापछि उनी एक महिनासम्म समाजवादी पार्टीमा बसेकी थिइन्, तर सम्मान नपाएको भन्दै १७ डिसेम्बरमा उनी कांग्रेसमा सामेल भइन् ।

घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।