• बैशाख १४ २०८२, आईतवार

माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

पुष २० २०७८, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोहि अनुसार अध्यक्ष प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको सचिवालयले जनाएको छ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।