कमल/ बसन्त राज सुब्बा
झापा । कमल गाउँपालिकामा उधौली /चासोक तङ्नाम २०७८ सालको भव्यताका साथ सप्पन्न भएको छ ।
किराँतीहरुको महान चाड उधौली पर्वको अवसर किराँत यक्थुङ चुम्लुङ कमल गाउँपालीका कार्यसमितिको आयोजकमा पौष १७ गते प्रदेश १ माननीय सामाजिक राज्य मन्त्री विष्णु माया तुम्बाहाम्फ़ेको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । विशेष गरि किरातीहरुले मनाईने नेपाली चाड उधौली /चासोक तङ्नाम यस पालि पनि कमल ३ स्थित केरखा बजारको उत्तर भागमा पर्ने खेल मैदानमा बिगत बर्षहरु जस्तै यहीँ पौष १७ गत्ते शनिबारका दिन बिभिन्न सास्कृतिक झाकी नृत्य प्रस्तुतिका साथ नेपालको पुर्बी क्षेत्रमा ठूलो सङ्ख्यमा रहेको लिम्बू समुदायको बिबिध मौलिक संस्कार संस्कृती धुमधामका साथ कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश १ माननीय सामाजिक राज्य मंत्री विष्णु माया तुम्बाहाम्फ़े प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधन गर्दै चासोक तङ्नाम (न्वाङगी पुजा ) मुलुकै पहिलो चाड भएको बताउनु भयो ।आफ्नो जमिनमा उत्पादन भएको अन्नबालि पाकेपछि प्रकृतिलाई चडाएरमात्र खाने गरिएको दिनलाई चासोक तङ्नाम भनिन्छ ।
त्यसैगरीकिराँत याक्थुङ् चुम्लुङ् कार्य समिति कमल गाउँपालिकालाई धन्यवाद दिदै धर्तिमा उत्पादन भएको अन्न सबै भन्दा पहिले लिम्वुले आफु चाखेर मात्र यो खानयोग्य छ भनेर अन्यजातिलाई खान सिकाएकोे दिनको सम्झनामा यो पर्ब मनाउन थालिएको हो ।
यति महत्वपुर्ण चाडपर्व मनाउन नेपाल सरकारले सार्वजनिक विदा दिनुपर्ने समेत मन्त्री तुम्वाम्फेले बताउनु भयो । किराँत याक्थुङ् चुम्लुङ् कार्य समिति कमल गाउँपालिकाका सल्लाकार सुर्य प्रसाद लिम्बुले यो पर्व हामी एक महिना सम्म रमाईलो गरि मनाउने गर्दछौ ।चासोक तङ्नामको अर्थ हुन्छ न्वाङगी पुजा यो चाडपर्व व्यापक रुपमा मनाउने गरिन्छ पर्व मनाउन नेपाल सरकारले दिएको निर्धारित विदाले मात्र पुग्दैन । त्यसैले आज बृहत कार्यक्रम गरेर यो कार्यक्रम समापन गरिने बताए ।
लिम्बु जातिका पुर्खाले सुरुमा जंगलमा भएका कन्दमुल मात्र खाने गरेको र त्यसले शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व पुरा नहुने भएपछि प्रकृतिमा उत्पादन भएको अन्न खादा त्यसले शरिरलाई राम्रो फाईदा गरेपछि हरेक वर्ष आफ्नो जमिनमा उत्पादन भएको अन्न प्रकृतिलाई चडाएर मात्र खान सुरु गरिएको दिनलाई चासोक तङ्नाम भनिने गरिएको लालिमा बोर्डीङ स्कूल फाउण्डर तथा प्याव्सन झापाका अध्यक्ष गौरिमान फागोले बताए ।
अतिथि कमल गाउँपालिका अध्यक्ष मेनूका काफ्ले , किरात याक्थुङ चुम्लूङ हङकङ निवर्त्तमान अध्यक्ष त्रिभुवन लुम्फुङ्वा, आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष छत्रहाङ फागो लगायतले आफ्नो मंतव्य राखेका थिए
त्यसैगरी लिम्बू सास्स्कृतिक वडा-स्तरिय च्याभ्रुङ प्रतियोगिता वडा स्तरीय विजेतालाई नगद पुस्कार प्रदान गरिएको थियो । प्रथम कमल ३ नगद रु १०,००० , दोस्रो कमल ४ रु ७,००० त्यसैगरी तेस्रो कमल ७ विजेता रु ३,००० नगद पुस्कार दिइएको थियो भने
कलाकारहरुमा चर्चित गायक ( नेपाली तारा) दिपक लिम्बु , गायक भ्वाई अफ नेपाल बिजेता राम लिम्बू , गायक सुमन लिम्बु, गायिका निरन्ता लिम्बु , राजन प्रन्धाक , दीपिका लिम्बु, अनीस सुब्बा लगायतको प्रस्तुति रहेको कार्यक्रमका संयोजक मन कुमार थलङले जानकारी दिनु भयो । किरात याक्थुङ चुम्लूङ कमलले यस पाली जेष्ठ नागरिकहरुलाई उच्च सम्मान गरिएको बताएका छन् । कार्यक्रमको सभापतित्व किरात याक्थुङ चुम्लूङ कमल गाउँपालिका अध्यक्ष पुण्य कुमार सम्बाहाम्फ़े थिए भने संचालन चुम्लूङ कमलका सचिब इन्द्र सदेङ्म्बा , मोहन नेम्वाङले गरेका थिए ।