कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका ३२ वर्षीय सुरेन्द्र बिष्टको गए राति ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक केशव भट्टले बताए।
ट्याक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय भूपेन्द्र सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।