काठमाडौं । देशभर थप ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९८ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।