• बैशाख १३ २०८२, शनिबार

माओवादीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ

पुष १९ २०७८, सोमबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए । यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो ।