• बैशाख १३ २०८२, शनिबार

एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

पुष १९ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगाे लगाएको छ । तुल्सीलाल आमात्य प्रतिष्ठानमा सोमबार बसेको पार्टी बैठकले १९ जना उम्मेदवारहरूको टुंगाे लगाएको हो ।

राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूमा प्रदेश १ बाट सुमित्रा भण्डारी, देवराज घिमिरे र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी यादव र विना साह रहेका छन् ।

त्यसैगरी एमालेले बागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवर, गण्डकी प्रदेशमा गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मा, सुदूरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

१९ सिटका लागि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदै छ ।