• बैशाख १३ २०८२, शनिबार

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

पुष १९ २०७८, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

जसअनुसार प्रदेश-१ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोरा र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह उम्मेद्वार बन्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।