काठमाडौँ । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।
उक्त दल दर्ताको निवेदन दिन रञ्जिता श्रेष्ठसहित समर्थकको टोली भृकुटीमण्डपमा भेला भएर मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो ।
टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा चौधरी भने जेलमा छन्।