• बैशाख १३ २०८२, शनिबार

पाल्पामा जिप दुर्घटना : पाँचजना घाइते

पुष १९ २०७८, सोमबार

पाल्पा। पूर्वखोला गाउँपालिका ६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हेक्लाङबाट तानसेन आउँदै गरेको लु १ ज २६०७ नम्बरको जिप सोमबार बिहान करिब ८ बजे सेर्काबास-हेक्लाङ भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटनामा पूर्वखोला-६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारू, २९ वर्षीय प्रेम सिङ्जाली र ४६ वर्षीय पविसरा सारू घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको त्वातीले बताए। घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।