• बैशाख १३ २०८२, शनिबार

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

पुष १९ २०७८, सोमबार

दाङ । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-९ हृवामाबाट लिबाङ आउँदै गरेको रा१ह ३०५१ नम्बरको अटो आइतबार दिउँसा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट यात्रु लगेर र्फकने क्रममा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चालक रोका केही समय अघिमात्र विदेशबाट र्फकेर अटो चलाउन थालेका थिए । कच्ची सडकमा अटो चलाउदा दुर्घटना भएको हो ।