• मंसिर १३ २०८१, बिहीबार

नेप्से परिसूचक ६० अंकले बढ्यो

पुष १८ २०७८, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से आज ६०.४१ अंकले बढेर दुई हजार पाँच सय ८४.९१ कायम भएको छ। आज ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १०.७७ अंकले बढेको छ।

आज कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर चार अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ। गत बुधबार तीन अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो। सो दिनको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो।

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत र सबैभन्दा कम बित्त उपसमूह ०.६२ प्रतिशतले बढेको छ। निर्जीवन बीमा ३.५४ प्रतिशत, विकास बैंक ३.४२ प्रतिशत, लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत, अन्य उपसमूह २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूह १.७ प्रतिशतले बढेको छ।

आइतबार हिमालयन डिष्टिलरीको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत, मध्य भोटेकोशीको सेयरमूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशतले बढेको छ। गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक ५.१२ प्रतिशतले घटेको छ।