• बैशाख १३ २०८२, शनिबार

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते

पुष १८ २०७८, आईतवार

धनुषा। पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा ६ जना घाइते भएका हुन्। घाइतेहरुको अहिले प्रादेशिक अस्पताल जनकपुरधामा उपचार भइरहेको छ। झडपमा परी दुई प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

‘हामीले पटक पटक आग्रह गर्दा पनि उनीहरूले सडक अवरूद्ध खोलेनन्। उल्टै प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो’, बस्नेतले भने।