• मंसिर ७ २०८१, शुक्रबार

सावधान ! के तपाईंका नानीबाबुले मोबाइलको स्क्रिन बढि हेर्छन् ?

पुष १८ २०७८, आईतवार

संसारका प्रत्यक अभिभावककालाई बच्चाबच्चीहरुले आजभोली मोबाइल तथा कम्यूटरको स्क्रिन हेर्ने बानी ठूलो समस्या बनेर आएको छ । नानीबाबुहरुका आँखा संवेदनशील विषयवस्तु भएकाले यिनीहरुमा मोबाइल र कम्यूटर हेर्ने बानी छुटाउन अभिभावकलाई ठूलो चुनौती बनेको छ ।

१) दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन हुँदैन ।
२ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने ।

२) अनलाइन कक्षामा भए पनि बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।
३) बच्चालाई मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।
४) बच्चालाई गाँजर, सागपात, आँप जस्ता पहेंला फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।
५) बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।
६) विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिंदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ । धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा झिम्काउने संख्यालाई कम हुन्छ र आँखा सुख्खा बन्छ यसले आँखा चिलाउने, पोल्ने र रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।