• बैशाख १३ २०८२, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

पुष १८ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।

आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो। जारी स्थायी समितिको बैठक सकिएलगत्तै सुरु हुने बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ।

८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ।

माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २ सय ९९ सदस्य रहनेछन्।