• बैशाख १३ २०८२, शनिबार

प्रतिनिधि सभाको बैठक स्थगित

पुष १८ २०७८, आईतवार

काठमाडौँ। आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक २२ गतेसम्म स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेकाले बैठक स्थिगित भएको हो।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

अब अर्को बैठकआगामी २२ गते दिउँसो १ बजे बस्ने छ।