• बैशाख १३ २०८२, शनिबार

केन्द्रीय सदस्य मनोनित विषयमा अर्जुननरसिंह केसीको कटाक्ष

पुष १७ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको विषयमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कटाक्ष गरेका छन् । सभापति देउवाले आफूलाई सभापति जित्न सघाउनेहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको केसीको टिप्पणी छ ।

विभिन्न पदका उम्मेदवार रहेर पराजित भएका ५ जना मनोनित गर्दा देउवाले पाँचैजना आफू निकटलाई मनोनित गरेका छन् । तर, डा. शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेर पराजित भएकालाई मनोनित गरेका छैनन् ।

यही विषयमा नेता केसीले ट्वीटरमा लेखेका छन्, ‘नेका सभापतिज्यू ले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ, साथीहरुलाई हार्दिक बधाई। १० बाहेक अरु ४ जना महेश आचार्य, डामिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायतलाई मनोनित छुडदा ‘प्रथम ग्रासे मक्षिकापात देखियो।’