काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन्। शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।