• बैशाख १३ २०८२, शनिबार

अमेरिकामा गायक राजेशपायल राईमाथि हातपात

पुष १७ २०७८, शनिबार

काठमाडौँ । अमेरिकामा गायक राजेशपायल राईमाथि हातपात भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्यूयोर्कमा शनिबार आयोजित एक कन्सर्टमा गीत गाइरहेको बेलामा गायक राजेशपायल राईमाथि हातपात भएको हो ।

स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट गर्धन पक्रिंदै हातपातको प्रयास गरेका थिए ।तर, दर्शकको सक्रिएतताले ती व्यक्तिले गायक राईलाई कुटपिट भने गर्न पाएनन् ।

हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए । हातपात कसले किन गर्यो भन्ने खुलेको छैन ।