• बैशाख १३ २०८२, शनिबार

राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेको ९ जनाको नाम सिफारिस

पुष १६ २०७८, शुक्रबार

काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो। तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन्।

कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन्।

महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ। पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन/तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो।