• मंसिर २० २०८१, बिहीबार

पेट मिचिमिचि हँसाउने चुड्किला

पुष १६ २०७८, शुक्रबार

शनिबार
रामः श्याम दाई तपाईं कुन बार जन्मनु भएको हो ?
श्याम : शनिबार ।
रामः हैन होला शनिबार त विदा पो हुन्छ त ।

पहिलो पुरुष हुँ

युवक : प्रिय के म पहिलो पुरूष हुँ जसले तिमीसँग प्रेम गरें ?
युवती : हो तिमी नै मेरो पहिलो पुरूष हौ, जो मसँग प्रेम गरिरहेका छौ । यसभन्दा पहिला त म नै युवकसँग प्रेम गर्थे ।

यही हो जागिर

प्रेमिका : तिमी त भन्दै थियौ ब्युटी क्लिनिकमा तिम्रो जागिर भयो भनेर । तिमी त यहाँ बाहिर उभिएर के गरिरहेका छौ ।

प्रेमिः यहाँ बाहिर उभिनु, भित्र पस्ने नारीलाई रक्षा गर्नु र जब श्रृंगार गराएर बाहिर निस्कन्छन् तब युवतीलाई सिठी बजाउनु यही त हो मेरो जागिर हो ।

नाईट कलेज

प्रमोद गाउँबाट काठमाडौं पढ्न भनि आएछ । काठमाडौं आएपछि उसले फूर्ती लगाउन थालेछ । गाउँ जादाँ यति पढे, उति पढे भन्दोरहेछ । तर प्रमोदले काठमाडौंमा आएर पढेको थिएन ।
एक दिन प्रमोद घरमा गएको बेलामा एउटी आईमाई मानिसले अङ्ग्रेजीमा लेखिएको चिठ्ठी लिएर प्रमोदलाई पढ्न भनि अनुरोध गरिछन् । प्रमोद चिठी समाउँदै जुक्ति लगाउन थालेछ अब पढ्न त आउँदैन । आईमाई लौन बाबु के लेखेको रहेछ चिठीमा पढिदिनुहोस् न ।
प्रमोद : मैले त नाईट कलेज पढेको अहिले त पढ्न मिल्दैन । नाईटमा नै आउनु होला ।

रावणले भनेछ
एकदिन रावणलाई भगवानको आदलतमा लगिएछ । अनि भगवानहरूले रावणलाई गीतामाथि हात राख्न भनेछन् । तर रावणले नमानीकन भनेछ ।
रावणः सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ?