• बैशाख १३ २०८२, शनिबार

माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

पुष १६ २०७८, शुक्रबार

काठमाडौँ। राजधानीमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवदेदन सर्वसम्मतिले पारित भएको छ। सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो ।तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेता राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मतबारे अध्यक्ष प्रचण्डले कुनै जवाफ दिएनन्।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।