• बैशाख १२ २०८२, शुक्रबार

मौसममा सुधार आएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु

पुष १६ २०७८, शुक्रबार

काठमाडौँ। बिहानदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् । शुक्रबार बिहान ११ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलले जनाएको छ।

शुक्रबार बिहानैदेखि विमानस्थलको भिजिबिलिटी कम भएपछि उडान रोकिएको थियो । अहिले विमानस्थलको भिजिबिलिटीमा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय उडानका छ वटा विमान अवतरण भएका छन् भने आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएका छन् ।