• बैशाख १२ २०८२, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

पुष १६ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । महाधिवेसनस्थल कमलादीस्थित प्रज्ञा भवनमा केहीबेर अघिदेखि बैठक शुरु भएको हो। बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल गर्न बैठक बसेको बताइएको छ।

आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिंदै छन् ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।