• बैशाख १२ २०८२, शुक्रबार

भक्तपुरमा घरबाट खसेर एक किशोरीको मृत्यु

पुष १६ २०७८, शुक्रबार

भक्तपुर ।शुक्रबार बिहान भक्तपुरमा आफ्नै घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकमा बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना सितिखुको आफ्नै घरको चार तलाबाट खसेर मृत्यु भएको हो ।

प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घट्ना स्थलको प्रहरीले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।