काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (आज ) सुन्दरीजलस्थित बीपी संग्रहालय जाने भएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला २०३३ साल आजकै दिन अर्थात् पुस १६ गते मेलमिलाप नीतिका साथ भारत निर्वासनबाट स्वदेश फर्किएका थिए।
सोही दिनको सम्झनामा कांग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको हो।
राजकाज मुद्दाको बेवास्ता गर्दै स्वदेश फर्किएकै दिन बीपीलाई तत्कालीन सरकारले गणेशनमा सिंह, शैलैजा आचार्य, खुमबहादुर खड्कालगायत नेतासँगै गिरफ्तार गरेको थियो।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ गरिएका नेताहरूलाई सुन्दरीजल बन्दीगृह लगेर थुनिएकाे थियो। फाइल फोटो