• मंसिर ९ २०८१, आईतवार

सवारी दुर्घटनामा परि वर्षेनी २५ सयको ज्यान गुम्दै

पुष १६ २०७८, शुक्रबार

काठमाडौं । प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् ।

यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते हुने गरेका छन् । दुर्घटनामा हुने अंगभंग र मानवीय क्षतिले बर्सेनि देशको कुल राष्ट्रिय उत्पादन ९जिएनपी० को डेड प्रतिशत क्षति हुने गरेको अध्ययनले देखाएको छ ।

नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो । कुल दुर्घटनाका १९।७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले १२२।८८ मिलियन अमेरिकी डलर अर्थात १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ ९त्यतिवेलाकै दरअनुसार० गुमाएको देखाएको छ ।

यो रकम सन् २०१७ को स्थिर मूल्यको जिएनपी ९आठ खर्ब ४२ अर्ब ३६ करोड ६७ लाख० को १।५२ प्रतिशतबराबर हो । प्रहरीमा दर्ता नभएका समेत सबै दुर्घटनाको मूल्यांकन गर्दा यो अंक चार प्रतिशतभन्दा धेरै पुग्ने केन्द्रका प्रमुख प्रा।डा। सुनिलकुमार जोशीले बताए ।

‘हामीले नेपाल प्रहरीमा दर्ता भएका सवारी दुर्घटनाका घटनालाई मात्रै लिएर मुलुकले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण निकालेका हौँ । सबै दुर्घटनालार्ई आधार मानेर हिसाब निकाल्ने हो भने नेपालले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै आउँछ,’ उनले भने । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।