काठमाडौं । २०७८ सालको नयाँ बाघ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व भव्य रूपमा मनाइएको छ । गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेको हो । पुरानो गाई वर्षलाई बिदाइ गरी नव वर्ष गुरुङ समुदायले बाघ वर्षलाई स्वागत गरेको हो ।
गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ। नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। राजधानीको टुँडिखेलमा बुधबारदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको छ। कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। स्वदेशमा मात्र नभई विदेशमा बस्ने गुरुङ समुदायले पनि सांस्कृतिक परम्परा अनुसार यो पर्व मनाउने गरेका छन्। यस दिन गुरुङ समुदायका मानिस सांस्कृतिक एवं परम्परागत वेशभूषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ। नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। राजधानीको टुँडिखेलमा बुधबारदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको थियो । कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ।