• असार १३ २०८१, बुधबार

भविष्यमा आइफोनको संख्या बढी होला कि मानिसको ?

पुष १५ २०७८, बिहीबार

१) एक तथ्याङ्क अनुसार आजको संसारमा एक मिनेटमा करिब २५० संख्याको हाराहारीमा मानिसहरुको जन्म भइरहेको हुन्छ भने सोही समयमा अहिले संसारमा २५० भन्दा बढी वटा आइफोनहरु किनबेच भइरहेका हुन्छन् । समयक्रम यस्तै रहिरह्यो भने के भविष्यमा मानिसभन्दा आइफोनको संख्या बढी होला त ?

२) अहिलेसम्म संसारमा एउटा यस्तो वाक्य रहेको छ । जसलाई पढ्न साधारण मानिसलाई ३ घण्टा ३० मिनेट लाग्ने गर्छ । जुन वाक्यलाई संसारको अहिलेसम्मको सबैभन्दा लामो वाक्यको रुपमा लिइएको छ । यो वाक्य एक रसायनको रासायनिक नाम हो ।


३) रिसाउनु कसैलाई पनि राम्रो लाग्दैन । रिसाएको मानिसको नजिक पनि कोही पर्न रुचाउँदैनन् । रिसाएको समयमा मानिसको कति ऊर्जा खर्च हुन्छ त्यो भने तपाईंलाई थाहा नहुन सक्छ । एक अध्ययनका अनुसार मानिस एकघण्टा रिसायो भने सामान्य अवस्थामा ५ घण्टालाई चाहिने शरीरको ऊर्जा खर्च हुन जान्छ ।

४) साउदी अरबमा एउटा यस्तो शहर बन्दैछ जहाँ कुनै सडक हुनेछैन भने स्वभाविक रुपमा त्यहाँ सडक नभएको खण्डमा कुनै पनि यातायातका साधन हुने छैनन् । संसारमा कार्वन उत्सर्जनको मात्रा बढेर प्रदुषण भएको भन्दै साउदी अरबले यस्तो शहर निर्माण गर्न लागेको हो । ‘निओम’ नाम गरेको सो शहरमा चाहिने ऊर्जाको लागि भने साउदी अरबले बिशाल रुपमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने बताएको छ । सो शहर सरकारी तवरबाट सन् २०३० सम्ममा निर्माण सम्पन्न गरिने बताइएको छ ।

५) मरुभूमीमा पाइने संसारको सबैभन्दा अग्लो जनावर भनेर चिनिने उँटले एकै पटकमा ७० लिटरसम्म पानी पिउन सक्छ भने एकचोटी पिएको पानीले उँट ६ महिनासम्म बाँच्न सक्छ । पानी मात्रै होइन ऊँट खाना पनि नखाएर महिनौंसम्म बाँच्न सक्ने भनेर जानकारहरु भन्ने गर्छन् । यसरी एकचोटी पिएको पानी उँटले आफ्नो शरीरमा संचित गरेर राख्छ अनि आवश्यक भएको बेला प्रयोग गर्ने गर्छ ।

६) फोनलाई रातभर चार्ज गरिरहँदा के होला ? कसैले भन्छन्, ‘रातभर फोनलाई चार्जमा राख्दा पडकिन सक्छ ।’ प्रयोगमा रहेका पुराना मोबाइलहरु जसलाई मोबाइलमा रहेको कि–प्याड प्रयोग गरेर चलाइन्छ, त्यस्ता मोबाइल रातभर चार्जमा राखिरहँदा त्यसको व्याट्री पड्किने सम्भावना रहेको भएपनि हाल प्रचलनमा रहेका रहेका स्मार्ट फोनहरु जसलाई मोबाइलमा रहेको स्क्रिनमा हातका औंलाले छोएर प्रयोग गरिन्छ, त्यस्ता मोबाइल भने रातभर चार्जमा राखेपनि नपड्किने बताइन्छ ।

आजभोलि प्रचलनमा रहेका त्यस्ता मोबाइलहरुमा लिथियम आइनबाट बनेका व्याट्रीहरु हुने भएकोले रातभर चार्जमा राखेपनि केही फरक पर्दैन । किन कि यस्ता ब्याट्री भएका मोबाइलमा चार्जमा जोडिएपनि ब्याट्री पूरा चार्ज भएपछि स्वाभाविक रुपमा चार्ज बन्द हुने प्रणाली रहेको हुन्छ । त्यसकारण यी र यस्ता व्याट्री भएका मोबाइलहरु आफूलाई बढी चार्ज हुनबाट सुरक्षित राख्न आफै सक्षम हुन्छन् ।