काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनमा अन्तर्गत समूहगत सुझावको प्रस्तुति सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । उक्त बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
भोली १ बजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको प्रतिवेदन बन्दसत्रमा पेश भएर पारित भएपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यक्रम तय भएको बताइएको छ ।