काठमाडौँ। काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा एक युवकको शव फेला परेको छ । वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अहिले महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्तको टोली घटनास्थल पुगेको छ। फरेन्सिक चिकित्सकसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ।