काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष तो ल्हो ल्होसार काठमाडौंमा भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंमा रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष भव्य रुपमा आयोजना गरेका छन् ।
गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत संकेत गर्ने झण्डा र ब्यानरसहित विभिन्न झाँकीको पनि व्यवस्था गरिएको छ । कार्यक्रम स्थलमा झाँकी प्रस्तुत हुनु अघि सांस्कृतिक र्याली सम्पन्न भएको छ ।
सांस्कृृतिक र्यालीमा गुरुङ समुदायको आफ्नो परम्परा र भेषभूषा अभिव्यक्त हुने गरी पोसाक, गरगहना, नाचगान, भावभंगिमा तथा सांस्कृतिक झलकहरु प्रस्तुत गरिएका छन् ।
(तस्वीरमा तो ल्हो ल्होसार)