• बैशाख १२ २०८२, शुक्रबार

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउँदै

पुष १५ २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेश अन्तर्गत आज (बिहीबार) पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।

बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुती सुरु भएको हो । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले आज प्रस्तुत गर्दैछन् ।

प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको अध्यक्ष प्रचण्डले आजै जवाफ दिने बताइएको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।