• चैत्र ६ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना पुष्टि, २ को मृत्यु

पुष १४ २०७८, बुधबार

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ३ सय ३३ पीसीआर परीक्षणका क्रममा २०९ जना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा गरी जम्मा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार १ सय ७५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय ५३ संक्रमित निको हुँदा हालसमम नेपालमा ८ लाख ११ हजार ५ सय १८ जना निको भएका छन् । हाल ४ हजार ८ सय ६४ सक्रिय संक्रमित आइशोेलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।