• असार १८ २०८१, सोमबार

यी युवाको चमत्कारले छायो गाउँमा खुसियाली

पुष १४ २०७८, बुधबार
काठमाडौँ । नेपालजस्तै समस्या भएको अफ्रिकाको अर्को देश हो केन्या । विगत केहि वर्षदेखि नेपालमा विद्युतको समस्या समाधान हुँदै गएको देखिपनि नेपालमा अझै ठूलो संख्यामा रहेको भूगोल र जनसंख्या बिजुलीको प्रयोगबाट बञ्चित रहेको तथ्याङ्क रहेको छ । विद्युत प्रसारण लाइन नहुनु, नेपाल सरकार तथा यसका निकायमा रहेका मानिसहरुलाई प्रसारण लाइन बनाउने चासो नहुनु लगायतका कारणले गर्दा नेपालको ठूलो जनसंख्या अझैं पनि उज्यालो र उर्जाबाट बञ्चित हुनुपरेको हो । जनतालाई नेपालको जस्तै समस्या भएको अफ्रिकी देश केन्या हो ।
त्यही देश केन्याको गाउँमा बिजुली नपाएर वाक्क दिक्क भएका एक युवाले गाउँ घरमै पाइने सरसमानहरुको प्रयोग गरेर बिजुली निकाली गाउँलाई उज्यालो बनाएका छन् । केन्याको त्यो गाउँ रातमा अहिले अरु गाउँभन्दा उज्यालो देखिन्छ । त्यो गाउँका विद्यालय जाने उमेरका बालबालिका अहिले रातिपनि उज्यालोमा बसेर पढ्न रमाउँछन् ।

 

केन्याको दुर्गम गाउँमा विजुली बालेर उज्यालो बनाउने आविस्कारक
केन्याको दुर्गम गाउँमा विजुली बालेर उज्यालो बनाउने आविस्कारक
गाउँलाई यस्तो रमणीय बनाउने युवाको नाम हो जोन मागिरो । सिर्जनशील युवा जोन मागिरो आफू २१ वर्षको हुँदा गाउँमा बिजुलीको उज्यालो नपाएर वाक्क दिक्क भएका थिए । उनी आफ्नो जस्तै दिक्दारीबाट नयाँ पिढीलाई कसरी मुक्त गर्न सकिन्छ ? भनेर खोजीनीतिमा लागे । कवाडीमा फालिने वा बेचिने धातुका समान तथा साइकलका पाटपूर्जाको प्रयोग गरेर खोलामा गइ उनले बिजुली निकाल्ने परिक्षण गर्न थाले ।
निरन्तर परिश्रमको कारण उनी साइकलको डाइनोमा प्रयोग गरेर ऊर्जा निकाल्न सफल भए । उनी भन्छन, ‘मैले म, मेरो परिवार र समुदायको जीवनलाई साइकलको डाइनोमा प्रयोग गरि परिवर्तन गर्न सक्छ भन्ने कुरा पत्ता लगाए ।’ जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पत्ता त लगाए तर उनलाई अर्को समस्या आइपर्यो । साइकलको डाइनोमा प्रयोग गरि उत्पादन हुने ऊर्जा ०.५ वाट मात्रै थियो जुन ऊर्जा उनको परिवारको लागि समेत पुग्ने जति पनि भएन ।
पछि उनले पुरानो कारका अल्टरनेटर, चुम्बक र अरु पुराना धातुका पाटपुर्जाहरुको प्रयोग गर्दै स्थानीय खोलामा जडान गरेर पुरै गाउँलाई पुग्ने बिजुली निकाल्न सफल भए । उनले त्यो बिजुली उनका गाउँघर छर छिमेकमा समेत पुर्याए । अहिले उनको कम्पनीले ७५० घरधुरीलाई पुग्ने बिजुली उत्पादन गरिरहेको छ । उनको कामको कारण आफ्नो गाउँमा उनी सम्मानित छन् । गाउँमा मात्रै सम्मानित होइन मागिरो आजभोलि गाउँ उज्यालो बनाउने युवा भनेर संसारभर चर्चित भएका छन् ।

 

मागीरोले गाउँमा विजुली उत्पादन गरेर उज्यालो बनाएपछि खुसि व्यक्त गर्दै गाउँकी महिला बिट्राइस वाइरिम
मागीरोले गाउँमा विजुली उत्पादन गरेर उज्यालो बनाएपछि खुसि व्यक्त गर्दै गाउँकी महिला बिट्राइस वाइरिम
उनको गाउँले महिला बिट्राइस वाइरिम भन्छिन,‘मागिरोको विजुलीले म, मेरो परिवार र खासगरी बालबालिकाहरुलाई फाइदा दिएको छ ।’ एउटा भिडियोमा उनले अगाडी भनिन,‘मागीरोले हाम्रा लागि गाउँमा बिजुली निकाल्नु भन्दा पहिले उज्यालोको लागि हामी मट्टीतेलबाट बल्ने टुकी प्रयोग गथ्र्यौं जुन स्वास्थ्यको लागि हानिकारक थियो तथा त्यसले धुवा निकाल्थ्यो । त्यो समयमा त कहिलेकाहिँ घर नै जल्ला कि भन्ने डर हुन्थ्यो, अहिले ढुक्क र आनन्द छ ।’