• बैशाख १२ २०८२, शुक्रबार

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

पुष १४ २०७८, बुधबार

काठमाडौँ। वर्षा र हिमपातका कारण बुधबार आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् ।

नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाडौँ सहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।