• बैशाख १२ २०८२, शुक्रबार

माओवादी महाधिवेशन : भोलि दिउँसो १ बजेदेखि समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार दिउँसो १ बजेदेखि समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि छलफलको निष्कर्ष प्रस्तुत गर्न सुरु गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।