काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता राम कार्की (पार्थ) ले जारी आठौँ महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि फरक मत (पूरक प्रस्ताव) पेश गरेका छन् । केही पुरक केही नवीन धारणाहरु शीर्षकमा नेता कार्कीले उक्त प्रस्ताव पेश गरेका हुन् ।
मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुने उनको तर्क छ ।
“संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो, तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन । अर्थात्, मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुनेछ,” उनले भनेका छन् ।
हेर्नुस् पूर्णपाठ :