• बैशाख १२ २०८२, शुक्रबार

माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार बिहान बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरुले पेश गर्ने सहायक प्रस्तावलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल मंगलबार दिनभर चल्नेछ ।

समूहगत छलफलबाट सुझाव आएपछि बुधबारबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढ्ने कार्ययोजना रहेको छ । आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको माओवादीको आठौँ महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।