• मंसिर ७ २०८१, शुक्रबार

स्वच्छ वातावरण निर्माणको सन्देश दिंदै सेनेगलको डाकरमा विद्युतीय रेलसेवा सुरु

पुष १३ २०७८, मंगलवार

काठमाडौं । सेनेगलको राजधानी डाकरमा सोमवारदेखि विद्युतीय रेल सेवा सुरु भएको छ । सेनेगल पश्चिम अफ्रिकी महादेशमा पर्छ । विद्युतीय रेल सेवाले राजधानी डाकरलाई ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई जोडेको छ ।

राष्ट्रपति म्याकी सालले उद्घाटन गरेपछि सञ्चालनमा आएको यो रेल सेवा केही वर्षपछि अन्य प्रमुख सहरहरुसँग पनि जोडिने योजना सेनेगल सरकारले निर्माण गरिसकेको छ । यसलाई सेनेगलको पछिल्लो प्रगतिका रुपमा हेरिएको छ ।

आफूलाई विश्वमा विकसित हुँदै गैरहेको विज्ञान र प्रविधिमा अपडेट गर्ने प्रक्रियालाई सेनेगल सरकारले आत्मसात् गर्दै गैरहेको संकेतका रुपमा लिइएको छ । सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र बनाएको सेनेगलले पहिलो पटक आफैंले विद्युतीय नयाँ रेलमार्ग निर्माण गरी विद्युतीय रेलसेवा प्रदान गरेको हो ।

यसमा ठूलो धनराशीको खर्च हुन गएकनो छ । त्यहाँको सरकारले सार्वजनिक गरेको खर्च विवरण अनुसार यो विद्युतीय रेलसेवा निर्माणमा १.३ अर्ब अमेरिकी डलर खर्च हुन गएको छ । यस्तो आधुनिक तथा विद्युतीय रेल सेवा प्रदान गर्नका लागि रेलमार्ग निर्माणमा मात्र पाँच वर्षको समय खर्चिनु परेको थियो ।

यस अघि डाकर लगायत यसको वरपरको क्षेत्रमा हुने गरेको अकल्पनीय ट्राफिक जामलाई यो रेल सेवाले घटाउने र हटाउन विश्वास गरिएको छ । पछिल्लो समयमा वातावरण प्रदुषणका कुरा निकै व्यापकरुपमा उठिरहेका बेला सेनेगलको विद्युतीय रेल सेवाले विश्व जनमानसमा प्रदुषणरहित सवारी साधन प्रयोगमा जानुपर्ने व्यवहारिक सन्देश दिन सफल भएको छ ।
(एजेन्सीको सहयोगमा)