• बैशाख १२ २०८२, शुक्रबार

पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग थापाको आग्रह

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत थापाले राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह आग्रह गरेका हुन्।

पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गतेलाई राष्ट्रिय पर्वका मनाउनुपर्ने थापाको माग छ।

‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्था र प्रणालीसँग सम्बन्धित छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्र निर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछु।’